आज भारी वर्षा नहुने 

आज भारी वर्षाको सम्भावना छैन। जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ भने तत्काल भारी वर्षाकाे सम्भाना छैन। 

हाल बिहान कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  

आज हल्कादेखि मध्यम वर्षको सम्भाना रहेका क्षेत्रहरुमा नदीको जल सतह बढ्ने, बाढी, पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपाउन महाशाखाको आग्रह छ। 

प्रकाशित मिति: : 2023-08-29 06:38:00

प्रतिकृया दिनुहोस्