डाेल्पामा माओवादी केन्द्रकाे बैठकमा कार्यकर्ताकाे चर्काे असन्तुष्टि

डाेल्पामा सञ्चालित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे दाेस्राे विस्तारित बैठककमा कार्यकर्ताले चर्काे असन्तुष्टि पाेखेका छन्।

डाेल्पाका स्थानीय तहमा निर्वाचित वडा सदस्य, अध्यक्ष, पालिकाका अध्यक्षदेखि सांसद, मन्त्रीले कार्यकर्ताकाे आवश्यकता, चाहाना र मर्म अनुसारकाे काम नगरेकाे भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

पार्टीका स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, तीन महिने अभियानमा डाेल्पा जिल्ला इन्चार्जकाे जिम्मेवारी पाएका नरबहादुर बिष्ट, कर्णाली प्रदेश सरकारका मन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाहीलगायत जिल्ला नेतृत्व, पालिकाका अध्यक्ष, वडाध्यक्षसहितकाे उपस्थितिमा आफ्ना भनाई राख्दै माओवादी कार्यकर्ताले वडासदस्य देखि मन्त्रीसम्मका पार्टीका जनप्रतिनिधिहरु पार्टीकाे साझा हितभन्दा व्यक्तिगत स्वार्थपूर्तितर्फ लागेकाे आराेप लगाए।

पार्टीकाे मुल मर्म, कार्यदिशा श्रमजीवी, सर्वहाराकाे आवाज बाेकेर हिँड्नुपर्ने जिल्लादेखि केन्द्रसम्म जितेपछि वास्तविक धरातल भुलेकाे उनीहरुकाे आराेप छ।

समावेशी, समानुपातिक, धर्मनिरक्षता दशवर्षे जनयुद्धको उपलब्धि भएपनि पछिल्लो समयमा सर्वहाराकाे पार्टी नेता कार्यकर्ता पुँजी बटुल्नमा लागेकाे डाेल्पाली कार्यकर्ताकाे असन्तुष्टि छ।

त्यतिमात्र नभई जिल्लाबाट जितेर गएका सांसद मन्त्रीले कार्यकर्ताकाे गुनासै सुन्न नचाहाने र संसद छिरेपछि फाेन नै नउठाउने काम गरेकाे कार्यकर्ताकाे आराेप छ।

यसअघि वडा तहबाट, पालिका तहबाट, जिल्ला तहबाट पठाइएका विकास याेजाहरुकाे लिष्टहरु सांसद मन्त्रीहरुलाई बेवास्ता गरेर आफू अनुकूलका याेजना किन छनाेट गरेकाे भन्दै प्रश्न गरे।

कर्णाली प्रदेशसभा सदस्य बिरबहादुर शाहीले जिल्लामा सडक, सञ्चार, विद्युत, विद्यालय भवनलगायतकाे थुप्र काम गरेपनि प्रचारप्रसार नभएको बताए।

उनका अनुसार पार्टीका कार्यकर्ताले पनि यसरी फाेरममै कुरा राख्नु जायज भए पनि बाहिर गएर पार्टीप्रति विभिन्न  टिकाटिप्पणी गर्नु गलत भएकाे बताए।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका उर्जा,जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वर्माले पार्टी र सरकारका आ-आफ्नै उदेश्य हुने भएपनि समन्वय गरेरै अगाडि बडेकाे बताइन्।

जिल्लाका नेतृत्व कार्यकर्ताबाट फाेन नउठ्ने गुनासाे आउनु जायज भएकाे बताइन्। व्यस्तताका कारण फाेन उठ्न नसकेको उनकाे भनाइ छ।
तालुक मन्त्रालयले दशवटै जिल्लामा बजेट व्यवस्थापन गर्नुपर्दा आफ्नाे जिल्लामा कार्यकर्ताकाे माग अनुसारकाे बजेट व्यवस्थापन गर्न नसकिएको बताइन्।

बैठकका प्रमुख अतिथि तथा पार्टीका स्थायी कमिटी सदस्य काली बहादुर मल्लले माओवादीले वर्गीय मुक्तिकालागि हिजाेदेखि नै लड्दै गएको बताए।

उनका अनुसार नेतृत्वले अहिले स्पष्टीकरण दिने समय नभएकाले कसरी हुन्छ तीन महिने अभियानलाई सफलपार्न एक ढिक्का भएर लाग्नुपर्ने बताए।

तीन महिने अभियानका डाेल्पा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरबहादुर बिष्टले स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिकाे अन्तरविराेधकाे समीक्षा गरेर आत्मलाेचना गरिएको बताए।

हिजाे कुनैबेलाका माओवादीले धाँमी झाँक्रीलगायत अन्धविश्वासलाई निमिट्यान्न पारेपनि अहिलेका माओवादी प्राय धामी र साडी लगाउने भएकाे बताए।

अब माओवादी पार्टीका नेतृत्वहरु तीन महिने अभियानअन्तर्गत प्रत्येकका घरघरमा पुगेर कमीकमजाेरीलाई सुधार्नुबाहेक अरु विकल्प नरहेको उनकाे भनाइ छ।

याे अभियानमा जनताका खास समस्या के छन्, सबै टिपाेट गरेर ल्याउनुपर्ने उनले बताए।

आगामी चुनावमा नयाँ पुरानाे हाेइन, जसले जनताकाे मन जित्छ उसैले टिकट पाउने उनकाे भनाइ छ। अब याेबेला एमाले, काङ्ग्रेसले गरेका ठुला भ्रष्टाचारका काण्डलाई जनतामाझ छर्लङ्ग पार्नुपर्ने बताए।

याे तीन महिने अभियानमा आफूले पूर्ण रुपमा जिम्मेवारी कार्यान्वयन गरेरमात्र फर्किने उनकाे भनाइ छ।

आजकाे पूर्ण बैठकले पार्टीकाे तीन महिने अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने कुरामा दिशानिर्देश पनि गरेकाे जिल्ला संयाेजक धर्मजित बाहाेराले बताए।

याे अभियानले आगामी चार वर्षपछि आउने चुनावमा जिल्ला एक नम्बर पार्टी बनाउन सहयोग गर्ने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-08-29 17:36:00

प्रतिकृया दिनुहोस्