सुन प्रकरण: दावाका सहयोगीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयाे

File Photo
File Photo

६० केजी सुन प्रकरणमा थप एक जना भारतबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका किशोर बस्नेत रहेका छन्।

उनी सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भएको बुझिएकाे छ। बस्नेतलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीले स्रोतले बतायो।

साेही प्रकरणमा आजै पाल्पा घर भएका गणेश पौडेल पनि पक्राउ परेका थिए। यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २५ पुगेको छ।

प्रकाशित मिति: : 2023-08-30 18:15:00

प्रतिकृया दिनुहोस्