डाेल्पामा १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुम(पश्चिम)का युवा पक्राउ

File Photo
File Photo

हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा बस्ने एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बालिका बलात्कार घटनामा रुकुम(पश्चिम) जिल्ला आठबीसकाेट नगरपालिका वडा नं ६ मन्काबगरका २१ वर्षीय युवा चिरञ्जीवी बाेहाेरालाई प्रहरीले पक्राउ गरेकाे छ।

बलात्कार आराेपित बाेहाेरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

बाेहाेराकाे काेठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरीसमेत परेपछि पक्राउ गरिएकाे बुढाथोकीले बताए।

पेशाले ड्राइभर रहेका बाेहाेरालाई जबरजस्ती करणी कसुर बमाेजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-01 13:47:00

प्रतिकृया दिनुहोस्