गुल्सन टिकेको भए नेपालले २ सय ८० को स्कोर बनाउथ्यो (भिडियाे)

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपअन्तर्गतको अन्तिम खेलमा सोमबार पहिलो पटक भारतसँग प्रतिस्पर्धा गर्‍यो। श्रीलंकाको क्यान्डीमा सम्पन्न खेलमा नेपालले भारतसँग १० विकेटको हार बेहोरे पनि नेपाली खेलाडीहरुको प्रदर्शनको प्रशंसा भइरहेको छ।

बलिङमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपालले ब्याटिङमा सम्मानजनक प्रदर्शन गर्‍यो, जसमा ओपनर आशिफ शेख र कुशल भुर्तेल तथा सोमपाल कामीले महत्वपूर्ण योगदान गरे।

त्यसबाहेक नेपालका अन्य खेलाडीहरुले पनि राम्रो ब्याटिङ गरे, जसको सहायताले नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनायो।

नेपालको यो योगफललाई मध्यक्रमका ब्याट्स म्यान गुल्सन झा टिकेको भए २ सय ८० रन कट्ने लेखक तथा खेल पत्रकार नवीन अर्याल बताउँछन्।

नेपाली खेलाडीहरुले भारतविरुद्ध आशातित खेल प्रर्दशन गरेको अर्यालको भनाइ छ।

प्रस्तुत छ, भारतविरुद्ध नेपालको प्रदर्शनबारे लेखक तथा खेल पत्रकार नवीन अर्यालको प्रतिक्रिया:

प्रकाशित मिति: : 2023-09-05 13:55:00

प्रतिकृया दिनुहोस्