म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

शिलापत्र

वेदप्रकाश तिमिल्सैना

आजभोलि पहाडी जिल्लाको लाइफ लाइन बनेको छ, सडक । पश्चिमी पहाडमा सबैभन्दा पहिले सडक विस्तार सुरु भएको अछाम जिल्लाका सबै ९१ वटा वडासम्म सडक सञ्जाल विस्तार भइसकेको छ ।

गाउँबस्तीमा सडक विस्तार रोकिएको छैन । सडकको स्तरोन्नति र विस्तार साथसाथै चलिरहेको छ । गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन ।

सकभर गाउँघरको पसलमा पाइन्छ । त्यहाँ मिलेन भने अलि पर खुलेका ससानादेखि ठूला बजारमा सबै सामान किन्न पाइन्छ । धेरै टाढा जानै पर्दैन । यति मात्र होइन, अनलाइनमा अर्डर गरेका कुरियरको सहायताले सामान अछामको गाउँसम्म पुर्‍याउने गरेको देखिन्छ । 

प्रकाशित मिति: : 2023-09-05 17:58:00

प्रतिकृया दिनुहोस्