त्रिभुवन विमानस्थलमा पत्रकार दाहालमाथि दुर्व्यवहार

त्रिभुवन विमानस्थलमा पत्रकार नमिता दाहालमाथि दुव्र्यवहार भएको छ। अनलाइनखबर डटकममा कार्यरत दाहालमाथि समाचार संकलनका क्रममा दुर्व्यवहार भएको हो।

एसिया कप खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको विषयमा बुधबार (आज) विमानस्थलमा समाचार संकलनका क्रममा पुगेकी दाहालमाथि त्यहाँ केही व्यक्तिले दुर्व्यवहार गरेका थिए। 

केही व्यक्तिले ‘महिला भएर पनि यस्तो ठाउँमा किन आएको’ भन्दै दुव्र्यवहार गरेको उनले सामाजिक सनजालमार्फत बताएकी छिन
। 

उनीमाथि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघले आपति जनाएको छ।
महासघले विज्ञप्ति जारी गर्दै स्वतन्त्रापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि दुव्र्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको जनाएको छ। 

महासचिव रोसन पुरीले विज्ञप्तिमा दाहालमाथि भएको दुव्र्यहारको छानबिन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन्। 

प्रकाशित मिति: : 2023-09-06 18:48:00

प्रतिकृया दिनुहोस्