‘नेप कलेक्शन’ ले यसरी जित्दैछ ग्राहकको मन (भिडियाेसहित)

काठमाडाैंस्थित चाबहिलकी सुनिता दाहालले ‘नेप कलेक्शन’ सुरू गरेकाे ५ वर्ष भयाे। 

अनलाइनबाट व्यवसाय सुरू गरेकी उनले अहिले कपूरधारामा कपडा पसल सञ्चालनमा ल्याएकी छन्। जहाँ लेहेङगा, साडी, कुर्थालगायत गाउन किन्न आउने ग्राहकहरूकाे घुइँचाे नै लाग्छ। 

आफ्नाे पसलकाे सबैभन्दा राम्राे पक्ष कपडाकाे ‘क्वालिटी’ भएकाे कारण ग्राहकहरू नेप कलेक्शन आउने गरेकाे उनकाे बुझाइ छ।

‘ग्राहकहरूको पहिलो रोजाइ भनेकै आकर्षक कपडा र कपडाको क्वालिटी हो’, उनले भनिन्, ‘हाम्राे पसलमा राम्राे र सस्ताे कपडा पाउने भएकै कारणा ग्राहकहरू यहाँ आउनुहुन्छ।’

आफूहरूले बेच्ने गरेकाे कपडाहरू दिल्लीबाट ल्याउने गरेकाे समेत उनले बताइन्। ‘हाम्राे पसलमा सबैथरिका कपडाहरू पाइन्छ, बाहिरबाट ल्याउने भएकाे कारण यहाँका कपडाहरू टिकाउ र गुणस्तरीय छ’, उनले भनिन्।

कपडा पसल खाेल्नुकाे मुख्य उद्देश्य नाफा कमाउनुभन्दा पनि समाज सेवा गर्नु रहेकाे दाहालकाे भनाइ छ।

‘बुटिक पसलहरूमा पाइने सबै कपडाहरू मेराे पसलमा पनि उपलब्ध छ तर बुटिकमा महँगाे पर्छ तर मैले धेरै सस्ताेमा दिने गरेकी छु’, उनले भनिन्, ‘महँगाे कपडा किन्न जाेकाेही पनि सक्नुहुन्न। त्यसैले मैले सस्ताे मूल्यमा कपडाहरू बेच्ने गरेकी छु। जसलाई हरकाेहीले सहजै रूपमा पाउन सक्नुहुन्छ।’

व्यापार गरेर पैसा कमाउनेभन्दा समाज सेवाका लागि व्यवसायी सुरू गर्ने मानिस कमै हुन्छन्। त्यसैले उनी जस्तालाई सम्बन्धित क्षेत्र मात्र हैन राज्यले समेत उच्च मुल्याकन गर्न जरुरी छ। 

ग्राहकहरूकै कारण अहिलेसम्म व्यवसायमा आफू टिकिरहन सकेकाे बताउँदै उनले भनिन्, ‘ग्राहकहरू मेराे लागि भगवान सरह हुनुहुन्छ। उहाँहरूकै आज म यहाँसम्म आइपुगेकाे छु।’

अगामी दिनहरूमा ग्राहकहरूकै लागि नयाँ डिजाइन तथा आकर्षक कपडाहरू पसलमा ल्याउने उनकाे याेजना छ।

नेप कलेक्शनबारे के भन्छन् ग्राहक? 

नेप कलेक्शनलाई आफ्नाे ‘फेशन हब’ बनाएकी छिन्, दुर्गा शाहीले। आफूलाई चाहिने साडीदेखि कुर्था किन्नका लागि उनी नेप नै पुग्छिन्। 

उनी भन्छिन्, ‘मलाई यहीँ पसलकाे कपडाहरू धेरै मनपर्छ। यहाँ सस्ताे र गुणस्तरीय कपडाहरू पाइन्छ।’ 

उनका अनुसार बुटिकमा पाइने कपडाहरू नेप कलेक्शनमा पाइन्छ तर बुटिकमा जस्ताे ‘एक्सपेन्सिभ’ नभएकाे शाहीकाे बुझाइ छ।

‘हुनत काठमाडाैंमा धेरै पसलहरू छन् तर मलाई नेप कलेक्शन नै मनपर्छ, किनकी यहाँ सस्ताे र गुणस्तीय कपडाहरू पाइन्छ’ आफूले लगाएकाे कुर्था देखाउँदै उनले भनिन्।

त्यस्तै नेप कलेक्शनकाे अर्काे ग्राहक हुन्, मेरी मगराती। एक वर्षअघि उनी कपडा किन्न त्यहाँ पुगेकी थिइन्। पहिलाेपटक पसलकाे गुणस्तरीय कपडाहरूले आफूलाई लाेभ्याएकाे उनकाे अनुभव छ। 

पाँच वर्षदेखि कपडा पसल हाँकेर बसिरहेकी सुनिताले ग्राहकहरूलाई गर्ने व्यवहारकाे कारण पनि आफू लाेभिएकाे उनी बताउँछिन्। 

मगराती भन्छिन्, ‘कैयाैं पसलहरूमा सामान किन्दा ग्राहकहरूसँग राम्राेसँग बाेल्दैनन्, झर्किन्छन् तर यहाँ फरक छ। कपडाका साथै मान्छेलाई पनि सम्मान गरिन्छ।’ 

अहिलेसम्म आफूले नेप कलेक्शनबाट किनेका कपडाहरूमा खराबी नदेखेकाे बताउँदै ग्राहकहरूलाई उनी भन्न चाहन्छिन्, ‘यहाँकाे कपडा र मूल्य बेस्ट छ, एकपटक आएर घुम्नुहाेला।’

(कपूरधारामा रहेकाे नेप कलेक्शनबाट ग्राहकहरूले आकर्षक कपडाहरू किन्नका लागि विभिन्न नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ–९८०३००६०१५, ९८१०२३६८१७)

प्रकाशित मिति: : 2023-09-11 14:00:00

प्रतिकृया दिनुहोस्