नेम्वाङलाई श्रदाञ्जली (तस्बिरहरू)

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजादैगर्दा उनको निधन भएको हो।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। चिकित्सकहरूले अस्पतालमा पुर्‍याउने बित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए।

नेम्वाङको शव अहिले त्रिवि शिक्षण अस्पतालमा छ। केहीबेरमा श्रदाञ्जलीको लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लगिने तयारी हुँदैछ।

तस्बिरहरू—

प्रकाशित मिति: : 2023-09-12 06:30:00

प्रतिकृया दिनुहोस्