विश्व कीर्तिमानी नेपाली माउन्टेन गाइड तथा आरोही कामीरिता शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।
आज विहान ८.१० मा उनले मनास्लुको चचुरोमा पुगेको सेभेन समिटले जनाएकाे छ।पर्वतारोहण समुदायमा उनी एभरेष्ट म्यानको रुपमा परिचित छन्।
कामीरिता शेर्पाको नाम विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएको छ जसले २८ पटक सफल आरोहण गरि विश्वमै सबै भन्दा धेरै पटक एभरेष्ट आरोहणको नाम लेखिएको छ।
कामीरिता शेर्पा नेपालको सोलुखुम्बुको थामे गाउँका मूल निवासी हुन् र उनि सेभेन समिट ट्रेकमा वरिष्ठ गाईडका रूपमा काम गर्छन्।
उनी २० वर्ष भन्दा बढी समयदेखि हिमालको पर्यटन क्षेत्रमा कार्यरत छन्।
सन १९९२ देखि उनले सहयोगी सदस्यको रूपमा सगरमाथा यात्रामा सामेल भएर आफ्नो पर्वतारोहण करियर सुरु गरेका थिए।
आरोही कामीरिताले सगरमाथा बाहेक केटु, चो ओयु, ल्होत्से, र मनास्लु लगायतका अन्य चुचुराहरू पनि आरोहण गरिसकेका छन्।