स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुलाई स्वास्थ्योपचार सूचारु गर्न अनुरोध गरेको छ। मन्त्रालयले हातपात गर्नेहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाउँदै अस्पताल फर्कन अनुरोध गरेको हो।
आधारभूत स्वास्थ्योपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएकोले चिकित्सकहरुलाई अविछिन्न अस्पताल फर्किन मन्त्रालयले आग्रह गरेको छ। ‘हातपात गर्नेमाथि कानुनअनुसार कारबाही गर्न सरकार प्रतिवद्ध रहेकोले नागरिकको आधारभूत स्वास्थ्योपचार प्राप्त गर्नु नैसर्गिक अधिकार भएकोले स्वास्थ्य संस्थाहरु अविछिन्न रुपमा सञ्चालन गर्नुहुन अनुरोध छ,’ मन्त्रालयका प्रवक्त प्रकाश बुढाथोकीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
मन्त्रालयले चिकित्सकहरुमाथि आक्रमण गर्नेहरुलाई हुने कारबाहीको व्यहोरासमेत पत्रमा उल्लेख गरेको छ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुको सुरक्षासम्बन्धी ऐन, २०६३ (पहिलो संशोधन २०७९)को व्यहोरा अस्पताल परिसरमा टाँस पनि निर्देशन दिएको छ।
स्वास्थ्योपचारमा खटिएका चिकित्सकहरुमाथि बिरामीका आफन्तलको आक्रमण गरेको विरोधमा डाक्टरहरु निरन्तर आन्दोलित छ।
पत्र :