पोखराबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज (सोमबार) बिहान ५ बजे दुर्घटनामा परेको हो।

पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट बस तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।

बसमा १६ यात्रु सवार थिए। दुई जना भने सकुशल छन्।

प्रकाशित मिति: : 2023-10-02 09:04:00

प्रतिकृया दिनुहोस्