बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
नेपालगञ्ज क्षेत्रमा साम्प्रदायिक दंगा भड्किन नदिन प्रशासन कार्यालयले मंगलबार मध्याह्नदेखि कर्फ्यू आदेश जारी गरेको हो।
केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो। मंगलबार एक समूहले नेपालगञ्ज बजार बन्दको आह्वान गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्लालयले जनाएको छ।
जय श्रीराम