बुद्धचित्तका माला व्यापारीलाई अपहरण गर्ने दुई जना पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा रहेका छन्।  महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले उनीहरूलाई साेमबार पक्राउ गरेकाे हाे। 

काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले बताए।

खत्रीकाे अनुसार व्यापारीलाई बन्धक बनाएको सूचना आएपछि उनीहरूलाई  पक्राउ गरिएको हो। अहिले घटनाबारे अनुसन्धान भइरहेको छ।पक्राउ परेका भोजबहादु वाग्मती प्रदेशका खानेपानीमन्त्री तीर्थ लामाकाे भाइ रहेकाे बताइएकाे छ। 


 

प्रकाशित मिति: : 2023-10-03 14:45:00

प्रतिकृया दिनुहोस्