बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

बझाङमा फेरि अर्काे शक्तिशाली भूकम्प गएको छ। आधा घण्टा नबित्दै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

यसअघि आजै दिउँसाे २ः४० मिनेटमा बझाङ जिल्लाकै तलकोट केन्द्रविन्दु भएर ५:३ म्याग्निच्यूटको गएकाे थियाे।

भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।

भूकम्पको धक्का बझाङ, सुर्खेत, बाँके, बर्दियालगायत जिल्लामा महसुस भएको छ। काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-10-03 15:41:00

प्रतिकृया दिनुहोस्