साइबर व्युराेले भन्याे- सामाजिक सञ्जालमा धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने सामाग्री नराखाैँ

नेपाल प्रहरीकाे साइबर व्युराेले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने सामाग्री सम्प्रेषण नगर्न अनुराेध गरेकाे छ। नेपालगन्जलगायत क्षेत्रहरुमा दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भइरहेका बेला व्युराेले विज्ञप्ति जारी गरेर साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सामाग्री प्रकाशन नगर्न अनुराेध गरकाे हाे।

व्युराेले भनेकाे छ, ‘व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुऱ्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति-सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन हुन नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ।’

व्युराेले कानुनले राेक लगाएका त्यस्ता सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गरेमा कानून बमाजिमा कारबाही गर्ने चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2023-10-04 17:05:00

प्रतिकृया दिनुहोस्