एसियाली खेलकुदमा नेपाल: महिला भलिबलमा नेपालले मंगोलियालाई हरायो

चीनमा जारी १९औँ एसियाली खेलकुद एसियाड अन्तर्गत  महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।

शनिबार भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को सेटमा जित निकाल्यो। पहिलो सेटमा नेपालले मंगोलियालाई २५-१७ ले जितेको थियो भने दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २५-२१ ले खेल नेपालले आफनो पक्षमा ल्याएको थियो।

१३ टोली सम्मिलित एसियाडको महिला भलिबलमा नेपाल ११औं भएको छ। एसियाडमा महिला भलिबलले पहिलोपटक डेब्यू गरेको हो।समूह चरणको दुवै खेलमा पराजित भएको नेपाल वरियातको लागि भारतसँग खेल्दा पराजित भएको थियो। 

प्रकाशित मिति: : 2023-10-07 11:40:00

प्रतिकृया दिनुहोस्