चीनमा जारी एसियाली खेलकुद एसियडा अन्तर्गत करातेँमा नेपाली खेलाडी एरिका गुरुङ फाइनलमा प्रवेश गरेकी छिन्।
महिला ६८ केजी तौल समूहमा हङकङकी यान काइ होलाइलाई ८–४ ले पराजित गरेर एरिकाले फाइनलमा स्थान सुरक्षित पारेकी हुन्। यससँगै ऐरिकाले नेपालको लागि रजत पदक पक्का गरेकी छन्।
नेपालले जारी एसियाडमा एउटा पदक जितेको छ।नेपालको महिला कबडीले एसियाडको पहिलो सहभागीतमै कांस्य पदक हात पारेको छ। ऐरिकाले पक्का गरेको रजत पदक नेपालको लागि तेस्रो रजत पदक हुनेछ। यसअघि तेक्वान्दोबाट सबिता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजत पटक जितेको छ।