कांग्रेस बैठक: इजरायलमा भएका नेपालीहरुलाई सुरक्षित नेपाल फर्काउन पहल गर्ने

सत्तारुढ नेपाली कांग्रेसले इजरायलमा भएका नेपालीहरुलाई सुरक्षित नेपाल फर्काउन सरकारकाे ध्यानाकर्षण गराएको छ।

मंगलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले इजरायलमा नेपालीहरुको अवस्था जोखिम रहेकाले फर्कन चाहनेहरुलाई फर्किने व्यवस्था गर्न पहल गर्ने निर्णय गरेकाे प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

लेखकका अनुसार युद्धमा ज्यान गुमाएकाहरुको शव नेपाल ल्याएर परिवारलाई बुझाउन पहल गर्ने निर्णय गरेको छ।

‘इजरायलमा भएका नेपाली नागरिकहरू घाइते, बेपत्ता अवस्थामा छन्, उनीहरुको अवस्था जोखिममा छ। त्यसैले उचित व्यवस्थापनसहित मृतकको शवहरु लिएर परिवारलाई बुझाउने, सम्पर्क नभएकोहरूको तत्काल खोजी गरेर उनीहरुको स्थितिको जानकारी गराउने र नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारलाई ध्यानाकर्षण गर्ने गरी शाेक प्रस्ताव पारित भएको छ’, उनले भने।

प्रकाशित मिति: : 2023-10-10 14:45:00

प्रतिकृया दिनुहोस्