नेपाली राष्ट्रिय फुटबल टाेलीले भाेलि (बिहीबार)देखि विश्वकप छनाेट यात्राकाे सुरुवात गर्दैछ।
विश्वकप छनाेट अन्तर्गतकाे पहिलाे खेलमा नेपालले घरेलु मैदानमा लाओससँग भिड्दैछ। नेपाल र लाओसबीचकाे खेल बिहीबार साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
बुधाबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरेर नेपाली टोली लाओसँग प्रतिस्पर्धा गर्न आत्तुर रहेकाे बताएकाे छ। नेपाली राष्ट्रिय टाेलीका कप्तान किरण चेम्जाेङ राई र मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस लाओससँग प्रतिस्पर्धा गर्न तयार रहेकाे बताएका छन्।
‘विश्वकप छनोटको लागि हामीले राम्रो तयारी पूरा गरेका छौँ,’ किरणले भने, ‘यसपालि हामीसँग नयाँ खेलाडीहरु छन्। हामी हाम्रो शतप्रतिश दिएर दोस्रो चरणमा जान आतुर छौँ।’ उनले आफ्नाे घरेलु मैदानमा दर्शककाे दरिलाे साथ हुने भएकाेले पनि बढी खुसी रहेकाे बताए।
त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जोले टोली राम्रो भएको र विश्वकप छनोटको लागि तयारी राम्रो भएको बताएका छन्। उनले भने, ‘विश्वकपकाे लागि तयारी राम्रो र लामो भएको छ। हामी हाम्रो शतप्रतिशत दिएर खेल्नेछौँ।’ उनले याे खेला आफ्नाे लागि विश्वकपकाे पहिलाे खेल रहेकाे बताए।
लाओसले पनि नेपालसँग खेल्नकाे लागि आफ्नाे टाेली तयार रहेकाे बताएका छन्।
नेपाल र लाआसो ३ पटक आमनेसामने भएका छन्। जसमा दुई खेल नेपालले लाओसमाथि जित हासिल गरेको छ। भने, एक खेल १- १ को बराबरीमा रोकिएको थियाे।
नेपाल र लाओसबीचकाे दाेस्राे खेल असाेज ३० गते लाओसमा हुनेछ।