खोज पत्रकारिता केन्द्र (खाेपके)को अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्।
केन्द्रको बुधबार सम्पन्न १६औं साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका दीक्षित केन्द्रका संस्थापक पनि हुन्।
केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, नवीन झा र विद्या राई चयन भएका छन्।