नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टले लाओसविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्।
त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलकाे ४९ मिनेटमा गाेल गरेर कीर्तिमान रचे।
उनले नेपालका पूर्व खेलाडी नीराजन रायमाझी र हरि खड्काले गरेको १३ अन्तर्राष्ट्रिय गोल बराबरीमा ल्याएका छन्।
यअघि नेपालबाट नीराजन रायमाझी र हरि खड्काले मात्र १३ अन्तर्राष्ट्रिय गोलमा आफ्नो नाम दर्ता गरेका थिए। तर, अञ्जनले आज उक्त कीर्तिमानलाई पुन: एकपटक बराबरीमा ल्याएका छन्।
अञ्जनले २०७१ कात्तिक १४ मा अन्तर्राष्ट्रिय फुटबलबाट डेब्यु गरेका थिए।