सुदूर कति दूरः बरू दिल्लीको सस्ताे, धनगढीकाे छाेइसक्नु छैन हवाई भाडा

बिएल संवाददाता

सुदूरपश्चिम
BreaknLinks
BreaknLinks

काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्‍याइएपछि उडेर घर फर्किनेहरू मर्कामा छन्।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो।

काठमाडौँ–नयाँदिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुहरूले बताएका छन्।

निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा ७ हजार नौसयबाट वृद्धि गरी १७ हजारभन्दा बढी पुर्‍याएको उनीहरूकाे गुनासो छ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरेपनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले बताएका छन्। 

“काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा १७ हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ,” उनले भने।

प्रकाशित मिति: : 2023-10-16 09:35:00

प्रतिकृया दिनुहोस्