त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तगर्तको नेपाल र युएइबीचको जारी खेलमा नेपालले युएईलाई तेस्रो झट्का दिएकाे छ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बुधबार जारी खेलमा यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन्।
नेपालका लागि सोमपाल कामीले पहिलो, करण केसीले दोस्राे र गुल्सनले तेस्राे सफता हात पारेर युएईलाई झट्का दिएकाे हाे। उनले युएईका कप्तान मोहम्मद वसीमलाई आउट गराए।
वसीम १९ बलमा १७ रन बनाएर आउट भए। युएई अहिले ३ विमेट गुमाएर ३७ रन बनाएर खेलिरहेको छ।