हङकङले दियो ९५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय श्रृखलाअन्तर्गतको नेपाल र हङकङबीचको जारी खेलमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ। 

बिहिबार मूलापानी किक्रेट रगंशालमा भएको खेलमा टस हारेर पहिलाे ब्याटिङ्ग गरेको  हङकङले १९. ३ओभरमा सबै विकेट गुमाउँदै  ९४ रन बनायो। 

हङकङका कप्तान निजाकत खान पहिलो बलमै बोल्ड आउट भए। त्यस्तै, अशुंमा रथ ७ रन बनाएर आउट भए। यी दुवैलाइ नेपालका करणा केसीले आउट गरेका हुन्। 

त्यस्तै, हङकङका ब्याटर बाबर हायत पाँच रन बनाएर आउट भए। उनको विकेट पनि करणा केसीले लिएका थिए। 

हङकङका प्रमुख ब्याटर आउट हुँदै गएपछि हङकङ संकटमा पर्याे। त्यस्तै, नेपालका बलर सोमपाल कामीले माटिर्न कोटजीको विकेट लिदैँ नेपाललाई चौथो सफलता दिलाए।

यता, हङ्करङका एहसान खान ७ रन बनाएर आउट भए। उनी कुशल्ल् मल्लको बलमा करणा केसीबाट क्याच आउट भए। त्यस्तै, श्याम ढकालले टी २० आइमा आफ्नो पहिलो विकेट लिएसँगै नेपाललाई छैटौँ सफलता दिलाए। 

उनले हङकङका जिशान अली २० बलमा १७ रन बनाएर खेलिरहेका अलीलाई आउट गरेका हुन्। 

श्यामको बलिङ्ममा उनलाई कुशल्ल मल्लले क्याच आउट गराएका थिए। त्यस्तै, नेपालको लागि सातौँ विकेट अविनाश बोहारले लिए। उनले यासिम मुर्तजालाई कप्तान रोहितबाट क्याच आउट गराए। 

यता, नेपालका करण केसीले व्यक्तिगत चाेथाैं विकेट लिदैँ नेपालाई आठौँ सफलता दिलाएका हुन्। 

नेपालका लागि सर्वाधिक करण केसीले ४ विकेट लिए भने श्याम ढकाल, कुशल्ल मल्लले एक एक विकेट लिँदा  अविनाश बोहारा र  सोमपाल कामीले २ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-19 12:51:00

प्रतिकृया दिनुहोस्