दशैंमा आउने र जानेहरू... (भिडियो)

आकाश देवकोटा

नेपालगञ्ज
BreaknLinks
BreaknLinks

नेपालगन्जको जमुनाहा नाका। यतिबेला नेपाल फर्किने र भारत जानेहरूको भीडभाड छ। चाडपर्व मनाउन घर फर्किनेहरू अनि बाध्यता बोकेर भारत जानेहरूको उत्तिकै लर्को छ।

कामका लागि भारत जानेहरू कति फर्किरहेका छन्, कति फेरि पर्वका बेला पनि भारत गइरहेका छन्।

नेपाल फर्किने र भारत जानेहरूको सहताका लागि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूले नाकामा सहायता डेस्क राखेका छन्।

प्रहरीका अनुसार दैनिक लगभग ५ हजारजति मानिस यो नाका भएर नेपाल भित्रिएका छन्।

प्रहरीले नाकाहरूमा हुने अपराध रोक्न र नेपालीलाई सहजताका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-10-20 08:35:00

प्रतिकृया दिनुहोस्