एसिसी यु-१९ प्रिमियर कपः सेमिफाइनलमा नेपाल जापानसँग खेल्न

मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ।

नेपाल र जापानबीच खेल शनिबार हुँदैछ। समूह डी को विजेता बन्दै  जापान सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल समूह ए मा विजेता रहँदै सेमिफाइनल प्रवेश गरेको हो।

यू–१९ प्रिमियर कपको फाइनल खेल कात्तिक ७ गते हुनेछ।

प्रकाशित मिति: : 2023-10-20 16:42:00

प्रतिकृया दिनुहोस्