फूलपाती : मालश्री धुन, भगवतीको पूजा र कीटाणु विनाश

काठमाडौंप्रेस

प्रा. श्रीकृष्ण अधिकारी

फूलको अर्थ ‘पुष्प’ र पातीको अर्थ ‘पातसहितको हाँगा’। दसैंको सातौं दिन अर्थात् फूलपातीमा घरघरमा शुभसाइतको प्रतीकका रूपमा पात र फूलसहितको हाँगा भित्र्याइन्छ।

फूलपातीका दिन घरमा नवपत्रिका भित्र्याइन्छ, जसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पर्छन्। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा धान्यलक्ष्मीलगायत नवपत्रिकाका हरेक सामग्रीमा भगवतीको बास हुने विश्वास रहिआएको छ।

सोही कारण फूलपातीका दिन ती सामग्रीलाई भगवतीको रूपमा पूजा गर्ने चलन छ। यसले वातावरणलाई संरक्षण गर्नुपर्ने कुरा पनि सिकाउँछ। जस्तै– रुखले औषधि उत्पादन गर्छन्, रूख काट्नुहुँदैन । रुखले हामीलाई स्वच्छ वायु प्रदान गर्छ, बाढीपहिरोबाट बचाउँछ, वनस्पतिको संरक्षण गर्नुपर्छ भन्ने फूलपातीले हामीलाई सिकाउँछ।

भगवतीको रूपमा मानिसले सामग्रीहरू घरमा भित्र्याउँदा परिवारका सबै सदस्यले नयाँ तथा चोखो लुगा लगाउनुपर्छ। साथै एकअर्कासँग सद्भाव र माया साटासाट गर्ने, बाजागाजासहित नवपत्रिका भित्र्याउनुपर्छ।

त्यसपछि सोही दिन भद्रकाली र सरस्वतीको विशेष पूजा हुन्छ। कतिपय ठाउँमा नवपत्रिका पूजा गर्दा किताब वा पुस्तक पनि राख्ने गरिन्छ। पुस्तकमा सरस्वतीलाई आह्वान गरिन्छ।

प्रकाशित मिति: : 2023-10-21 11:34:00

प्रतिकृया दिनुहोस्