त्रिकाेणात्मक टि- २० सिरिजकाे उपाधिकाे लागि नेपाल र युएई प्रतिस्पर्धा गर्दै

काठमाडाैँमा जारी त्रिकाेणात्मक टि- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे उपाधिकाे लागि आज (शुक्रबार) नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन्। उपाधि भिडन्त बिहान ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा हुनेछ।

जारी सिरिजमा नेपाल अपराजित टाेली हाे। नेपालले युएई र हङकङलाई लगातार दुई-दुईपटक हराएर फाइनलमा पुगेकाे हाे।

युएई भने नेपालसँग दुई र हङकङसँग एकपटक पराजित भएपनि रनरेटकाे आधारमा हङकङलाई पछि पार्दै फाइनलमा पुगेकाे हाे।

काठमाडाैँमा हुने टि- २० विश्वकपअन्तर्गत एसिया छनाेटका खेलहरु हुनुअघि तयारी स्वरुपा नेपाल क्रिकेट संघ (क्यान)ले याे सिरिजकाे आयाेजना गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-10-27 07:31:00

प्रतिकृया दिनुहोस्