जुम्लामा सुरु भयाे एक लाख राशिको वडा कप

जुम्लाकाे चन्दननाथ नगरपालिका -४ काे आयाेजनामा वडा कप सुरु भएकाे छ।

एक लाख राशि रहेकाे वडा कप शनिबारदेखि सुरु भएकाे हाे। आयाेजकका अनुसार वडा कपमा द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। आठ स्थानीय तह र ६० वडा अस्तित्वमा रहेकाे जुम्लामा ३० वटा टिमले सहभागीता जनाएका छन्।

जिल्लाका सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि टिम सहभागी छैनन्। ओपनिङ खेल चन्दननाथ ४ भेट्रान र चन्दननाथ ५ भेट्रान बिच खेल सम्पन्न भयाे। खेल कार्तिक २२ गते सम्म सञ्चालन हुनेछ। प्रत्येक टिममा १८ खेलाडी, ३ जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरि २१ जना समावेश रहेका छन्।

प्रकाशित मिति: : 2023-10-28 17:32:00

प्रतिकृया दिनुहोस्