बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फ (गुड्डु) काे गोली प्रहार गरी हत्या भएकाे छ।
गोली प्रहारबाट घाइते भएका सरार्फको वीरगञ्जस्थित वयोधा अस्पतालमा निधन भएकाे केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले जानकारी दिए।
साेमबार मोटरसाइकलमा आएका अज्ञात समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेकाे थियाे। घाँटी तथा छातीमा गोली लागेर गम्भीर घाइते भएका सारार्फको अस्पताल पुर्याइएकाे निधन भएकाे हाे। डीआईजी कठायतका अनुसार सरार्फलाई ४ वटा गोलीकाे थियाे।
उनकाे शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ।