टी-२० विश्वकप छनोट: ओमनको विजयी सुरुवात

File Photo
File Photo

आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा मलेसियालाई ३२ रनले हराउँदै ओमनले विजयी सुरुवाता गरेको छ।

आइतबार त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १५४ रनकाे लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनायाे। मलेसियाका विरानदीप सिंह ५७ रन बनाएर अविजित रहे। त्यस्तै, कप्तान जिशान मकसुदले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए।

यता, ओमनको लागि फयाज बट, आयान खान, शकील अहमद र आकिब इलियासले समान १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएकाे थियाे। ओमनका लागि कप्तान जिशान मकसुद ५६ रन नट आउट रहे। त्यस्तै, ओमनका लागि ओपनर कश्याप प्रजापति २५ रन बनाएर आउट भए।

यता, मलेसियाको लागि विरानदिप सिंहले सर्वाधिक तीन विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्‍नीले समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-30 16:51:00

प्रतिकृया दिनुहोस्