आइसिसी टी-२० विश्वकप एसिया छनोटकाे खेलमा सिंगापुर ओमनसँग पराजित भएकाे छ।
मगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलाे ब्याटिङ गरेकाे ओमनले १७५ रनकाे लक्ष्य दिएकाे थियाे। रनकाे लक्ष्य पछ्याएकाे सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायाे। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४६ रन बनाए।
यता, ओमनका शकिल अहमद, जिशन मकसुद, अकिब इल्यास र माेहममद नदिमले १-१ विकेट लिए।
यता, पहिला ब्याटिङ गरेकाे ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायाे। अकिबले ६३ रन बनाए। प्रतीक अथवालेल २६ रन बनाए।
उता, सिंगापुरका लागि जनक प्रकाश, रमेश कलिमुथु र अनिश परामले समान २-२ विकेट लिए।