समूह चरणको अन्तिम खेलमा आज ओमनसँग भिड्दै नेपाल

Photo : CAN
Photo : CAN

आइसिसी टी– २० विश्वकपको एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलामा आज (बिहीबार) नेपाल ओमनसँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुँदैछ।

नेपाल र ओमन जारी प्रतियोगिताका अविजित टोली हुन्। नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो। भने, ओमनले पनि सिंगापुर र मलेसियालाई पराजित गरेको थियो।

अविजित दुवै टोली आजकाे खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। आजकाे खेल जित्ने टाेली समूह विजेता बन्नेछ।

याे खेलकाे समूह विजेता बन्ने टाेलीले सेमिफाइनलमा समूह ‘बी’काे उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। भने, उपविजेता टाेलीले सेमिफाइनलमा समूह ‘बी’काे विजेतासँग गर्नेछ।

सेमिफाइनल जित्ने दुई टाेली आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि- ५० विश्वकपकाे लागि छनाेट हुनेछन्।

जारी टी- २० विश्वकपकाे एसिया छनाेटमा ८ टाेली सहभागी छन्। जसलाई दुई समूहमा विभाजन गरिएकाे छ। नेपाल रहेकाे समूह ‘ए’मा ओमन, मलेसिया र सिंगापुर छन्। भने, समूह ‘बी’मा दुबई, हङकङ र बहराइन रहेका छन्।

समूह ‘ए’मा रहेका मलेसिया र सिंगापुर समूह चरणबाटै बाहिरिएका छन्। यी दुई टाेलीकाे विश्वकप यात्रा मंगलबार नै समाप्त भएकाे छ। यी दुई टाेली पनि समूह चरणकाे अन्तिम खेलमा आज दिउँसाे सवा १ बजे त्रिवि क्रिकेट मैदामा प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै समूह ‘बी’मा पनि आज दुई खेल हुँदैछन्। समूह ‘बी’बाट कुनै पनि टाेली समेफाइनलमा पुगेका छैनन्। आज हुने प्रतिस्पर्धाबाट दुई टाेली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

त्यसकाे लागि आज बिहान ९ बजे मूलपानी क्रिकेट मैदानमा हङकङ र युएई प्रतिस्पर्धा गर्दैछन्। भने, दिउँसाे सवा १ बजे बहराइन र कुवेत प्रतिस्पर्धा गर्दै छन्।

समूह ‘बी’मा ४ अंकसहित युएई शीर्षस्थानमा छ भने समान २-२ अंक बटुलेका बहराइन र हकङकङ चाइना क्रमश दाेस्राे र तेस्राे स्थानमा छन्। यी तीनै टाेलीकाे सेमिफाइनल पुग्ने सम्भावना जीवित छ भने कुवेत समूह चरणबाटै बाहिरिएकाे छ।

प्रकाशित मिति: : 2023-11-02 06:12:00

प्रतिकृया दिनुहोस्