ओमानले गुमायाे साताैँ विकेट, १४ ओभरमा १०० रन पूरा

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेकाे छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु भएकाे हाे।

नेपालले अहिले ओमानविरुद्ध बलिङ गरिरहेकाे छ। १४.२ ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेकाे छ।

नेपालका साेमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा करण केसी, अविनाश बाेहरा र गुल्सन झाले १-१ लिए।

साताैँ सफलताकाे लागि बाेहराले ओमानका जिशान मकसूदलाई ३३ रनमा आउट गरे।

प्रकाशित मिति: : 2023-11-02 10:16:00

प्रतिकृया दिनुहोस्