नेपालले विश्वकपमा पुग्न सेमिफाइनलमा युएईलाई पराजित गर्नुपर्ने

आइसिसी टी- २० विश्वकपकाे छनाेटअन्तर्गत सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाे छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा समूह चरणकाे अन्तिम खेलमा ओमानसँग पराजित हुँदै समूह ‘ए’काे उपविजेता बनेकाे नेपालले समूह ‘बी’काे विजेता युएईसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाे हाे।

आजै मूलपानी क्रिकेट मैदनमा हङकङलाई पराजित गर्दै युएई समूह ‘बी’काे विजेता बन्याे।

अब नेपाल र युएईबीचकाे सेमिफाइनल खेल शुक्रबार (भाेलि) बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ।

शुक्रबार हुने सेमिफाइनल खेल जित्ने टाेली आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपकाे लागि छनाेट हुनेछन्। नेपालले विश्वकपमा पुग्नकेा लागि युएईलाई पराजित गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-11-02 17:55:00

प्रतिकृया दिनुहोस्