नेपाल र युएईबीचकाे खेलकाे लागि सबै टिकट बिक्री, बाँकी सबैलाई घरमै बसेर हेर्न अनुराेध

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत सेमिफाइनलमा आज हुने नेपाल र युएईबीचकाे खेलकाे लागि सम्पूर्ण टिकट बिक्री भएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार बिहानसम्म ताेकिएका सबै टिकट बिक्री भइसकेकाेले बाँकी सबैलाइ घरमै बसेर खेल हेर्न भनेकाे छ।

मूलपानी क्रिकेट रंगशालामा बिहान ११ बजेबाट सुरु हुने खेलकाे लागि रंगशालाकाे क्षमताअनुसार क्यानले अनलाइनमार्फत् ३ हजार ५ सय टिकट खुलाएकाे थियाे। ती सबै टिकट बिक्री भइसकेकाेले बाँकीले घरमै बसेर हेर्नुपर्ने भएकाे हाे।

क्यानले रंगशालाकाे दर्शक अट्ने क्षमता कम रहेकाेले भिआइपीहरुलाइ पास दिएकाे छैन। क्यानले सबै दर्शकलाइ घरमै बसेर नेपाली टाेलीलाइ समर्थन गर्न आग्रह गरेकाे छ।

त्यस्तै नेपाल र युएईबीचकाे खेल हेर्नकाे लागि देशका विभिन्न स्थानहरुमा दर्शकहरु आफैँले चाैर, मैदान तथा खुल्ला स्थानमा प्राेटेक्टर राखेकाे व्यवस्था मिलाएका छन्।

आज युएईलाइ पराजित गरे नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपमा छनाेट हुनेछ।

प्रकाशित मिति: : 2023-11-03 07:21:00

प्रतिकृया दिनुहोस्