नेपाललाई १३५ रनको लक्ष्य, कुशल मल्लले लिए ३ विकेट

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत् सेमिफाइनलमा नेपालले युएइबाट १३५ रनको विजय लक्ष्य पाएको छ । कुशल मल्लले अन्तिम ओभरमा दुई विकेट लिए भने अर्का एक ब्याटर रनआउट बनाए । 

नेपालका कुशल मल्लले २०औं ओभरको पहिलो बलमै अरविन्दको चीर प्रतिक्षित विकेट लिए । अरविन्दले आउट हुनुअघि ५१ बलमा ६४ रन बनाइसकेका थिए । यो कुशलको दोस्रो विकेट हो । यसअघि उनलेअलिसान सराफुको विकेट लिएका थिए । 

यसैगरी सन्दीप लामिछानेले पनि २ विकेट लिएका छन् । उनले अशिफ खान र बसिल हमिदको  विकेट लिएका हुन् ।

यसैगरी  साेमपल कामीले १ विकेट लिएका छन्।

उनले खालिद साहलाई आफैंले रनआउट गरे भने कप्तान मोहम्मद वसिमलाई करण केसीबाट क्याचआउट गराए।

त्यस्तै कप्तान राेहितकुमार पाैडेलले अर्काे विकेट लिएका छन्। पाैडेलकाे बल उडाएका युएई अली नासिर क्याच आउट भए।

युएईले अहिले १८ ओभरमा ११८ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-11-03 12:09:00

प्रतिकृया दिनुहोस्