भारत भ्रमणमा रहेका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भारतको अहमदावादमा रहेको पिराना डम्पिङ साइटको अवलोकन गरेका छन्।
साइटको अवलोकनपछि उनले फोहोर व्यवस्थापनमा दिल्लीमा जस्तै अहमदावादमा पनि फोहोर व्यवस्थापन उदाहरणीय भएको बताए।
‘हामीले धेरै सिक्न सक्छौँ, फोहार व्यवस्थापनमा धेरै काम भएको छ यहाँ। यो हाम्रो लागि अनुकरणीय छ’, उनले भने। पिराना डम्पिङ साइट ५० वर्ष पुरानो डम्पिङ साइट हो।
यो साइटमा रहेको फोहोरलाई फिल्टर गरी छुट्याइएको सडक निर्माणका लागि कच्चा पदार्थको रुपमा प्रयोग भइरहेको छ। सिमेन्ट फ्याक्ट्रीको लागि प्लाष्टिकजन्य कच्चा पदार्थ प्रयोग भइरहेको पिराना डम्पिङ साइटका प्रतिनिधिले बताएका छन्।
८४ याक्टर (लगभग ६ सय रोपनी) मध्ये ३५ याक्टरमा डम्पिङ भएको फोहोरको व्यवस्थापन भएको छ। डम्पिङ साइटका प्रतिनिधिले भने, ‘अब दुई वर्षभित्र यो डम्पिङ साइट खाली हुन्छ।’ डम्पिङ साइट खाली भएपछि यो ठाउँमा विरुवा रोपी अर्बान फरेस्टको रुपमा विकास गर्ने योजना रहेको छ।
भारत सरकारको निमन्त्रणामा फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन, स्मार्ट सिटीका अन्य अवयवहरुका बारेमा भारतको विभिन्न सहरहरुको असले बुझ्न वडा नंं.१४ का वडाध्यक्ष अमृत जंग महत र पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठसहित भारत आएका हुन्।