सरकारले आज सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्दैछ।
अवैध रुपमा नेपाल भित्र्याइएका मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो। यससँगै विदेशबाट ल्याएर दर्ता नगरिएका र कर छली गरी ल्याइएका मोबाइल बन्द हुनेछन्।
यस्ता दर्ता नगरिएका मोबाइल नेपालमा ८५० वटा रहेको नेपाल दुरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनले आज राति ९ बजेपछि यी दर्ता नभएका मोबाइलमध्ये केही मोबाइल चल्ने छैनन्। यससँगै केही मोबाइलको नेटवर्क लक हुनेछ।
प्राधिकरणले दर्ता नभएका मोबाइल अन्य दिनमा विस्तारै बन्द गर्दै जाने मिश्रको भनाइ छ। तर अब दर्ता नभएका मोबाइल दर्ता गर्न आएमा पुनः सञ्चालन हुनेछ। मोबाइल दर्ता गर्दा पैसा लाग्ने छैन।
जेठ १५ भन्दा अगाडि प्राधिकरणले १ लाखभन्दा माथिको फोनको दश हजार शुल्क लिने गरको थियो भने १ लाखभन्दा कमको मोबाइल सेटको तीन हजार शुल्क लिने गरेको थियो।
गत वर्ष असोज १ देखि परीक्षणका रूपमा एमडीएमएस प्रणाली लागू गरिएको थियो। प्रणाली लागू गरिएको एक वर्षपछि पूर्ण सञ्चालन गर्न लागिएको छ।