नेपाल क्रिकेट संघ (क्यान)ले एक हप्तापछि हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको लागि २२ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा राखेको छ।
मंगलबार क्यानले २२ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। प्रतियोगिता आगामी नोभेम्बर १५ देखि १९ सम्म हङहङमा आयोजना हुँदैछ।
चार देश सम्मिलित सिरिजमा नेपाल, यूएई, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।
यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका नेपाली टोली :
रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, संगीता राई, विन्दु रावल,, ज्योति पाण्डे, सम्झना खड्का, रुवि पोदार, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जाेशी।