विश्वकप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग काठमाडौँमा खेल्दै छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको खेल काठमाडौँस्थित दशरथ रगंशालामा बेलुका ७ बजेबाट सुरु हुने जनाएको छ।
यमनसँगको खेलअघि नेपालले समूह चरणको पहिलो खेल यूएईसँग उसैको घरेलु मैदानमा खेल्नेछ। नेपाल र यूएईबीचकाे खेल आगामी कार्तिक ३० गते हुँदैछ।
यता, घरेलु मैदानमा मसिंर ५ गते यमनसँग खेलेपछि नेपाल र यमनबीचको अर्काे खेल यमनको घरेलु मैदानमा हुनेछ। एन्फाको अनुसार नेपाल र यमनबीचको खेल प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ एक हजार रूपैयाँ टिकट दर तोकिएको जनाएको छ।
त्यस्तै, प्रतियोगिताको लागि अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले बताएको छ।