प्रहरीले काठमाडौँको इन्द्रचोकबाट स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भएर जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन्।
प्रहरी प्रभाग जनसेवाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका २ जनाका बारेमा थप अनुसन्धान भइरहेको कामठाडौँ प्रहरीले जनाएको छ।