यू-१९ एसिया कप: नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

एसीसी पुरुष यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्न लागेकाे हाे।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह ‘बी’ मा यूएई, बंगलादेश, श्रीलंका र जापान रहेका छन्।

नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तान तथा डिसेम्बर १२ मा भारतसँग खेल्ने छ। यूएईमा आयोजना हुने सो प्रतियोगितमा कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछ। जसमा दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा हुनेछ।

प्रकाशित मिति: : 2023-11-08 15:30:00

प्रतिकृया दिनुहोस्