भारतका युवा ब्याटर शुभमन गिल आइसीसी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्।
बुधबार आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार शुभमन गिल शीर्ष स्थानमा उक्लिएका हुन्।
उनले साढे दुई वर्षपछि पाकिस्तानका कप्तान बाबर अजामलाई पछि पारेर शीर्ष स्थानमा उक्लिएका हुन्।
आइसीसीले सार्वजानिक गरेको वरीयताअनुसार शुभमन ८३० अंकसहित शीर्ष स्थानमा छन् भने कप्तान बाबर ८२४ अंकसहित एकदिवसीय ब्याटिङतर्फ दोस्रो स्थानमा रहेका छन्।
त्यस्तै तेस्रो स्थानमा क्विन्टन डिकक तथा चौथौ स्थानमा विराट कोहली रहेका छन्।
यस्तै, नेपालका तीन खेलाडी नेपालका ओपनर अशिफ शेख ७२औँ स्थान, कप्तान रोहितकुमार पौडेल ८३औँ तथा नेपालका अर्का ओपनर कुशल भुर्तेल ९८औँ स्थानमा रहेका छन्।