मुख्यमन्त्री कोहलपुर गोल्डकपः भित्रुवन आर्मीले उचाल्यो उपाधि

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले उचालेको छ। 

बुधबार बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र  बिगाहमा भएको फाइनल खेलमा चर्च व्वाईजलाई २—० गोलले पछि पार्दै आर्मीले उपाधि उचालेको हो। 

यसँगै आर्मीले गोल्ड मेडल र ८ लाख रुपैयाँ नगद प्राप्त गरेको छ। 

चर्च व्वाईज भने उपविजेता बन्दै नगद रु ४ लाखमा चित्त बुझाएको छ। 

आर्मीलाई विजयी बनाउ खेल सुरु भएको ३२औं मिनेटमा त्रिभुवन आर्मीका सराज श्रेष्ठले पहिलो गोल गरे भने दोस्रो हाफको ७६औं मिनेटमा आर्मीकै मान बहादुर आले मगरले दोस्रो गोल गरे।

प्रकाशित मिति: : 2023-11-08 20:16:00

प्रतिकृया दिनुहोस्