रूकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

बिएल संवाददाता

रूकुम पश्चिम
तस्बिर: मुलपाटी
तस्बिर: मुलपाटी

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइते २२ मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले बताए। 

घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। 

साेमबार बिहान चौरजहारीबाट सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी–८ गोईरीज्यूलामा दुर्घटनामा परेको हो। 

प्रकाशित मिति: : 2023-11-20 10:40:00

प्रतिकृया दिनुहोस्