विमानस्थलबाट एक महिला पक्राउ

सा‌केतिक तस्बिर
सा‌केतिक तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।

उनी इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज साेमबार काठमाडौँ विमानस्थलमा ओर्लिएकी थिइन्। काठमाडौँबाट भूटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई पक्राउ गरिएको हो।

ती महिलाकाे साथबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताए।

प्रकाशित मिति: : 2023-11-20 20:27:00

प्रतिकृया दिनुहोस्