भक्तपुर जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी हुन पूर्वी क्षेत्रबाट आउने कार्यकर्ताको वैकल्पिक बाटो उपलब्ध गराउने भएको छ।
सोही दिन नै एमालेनिकट युवा संघ नेपालको पनि कार्यक्रम रहेकोले सम्भावित जोखिम न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यलयले कार्यक्रमस्थसम्म पुग्न वैकल्पिक मार्गको तय गरिदिएको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले पूर्वी नेपालका जिल्लाबाट आउनेहरुलाई कमलविनायक-पेप्सीकोला-गुहेश्वरीसम्म पठाउनेछ भने त्यहाँबाट निश्चित मार्ग हुँदै कार्यक्रमस्थल बल्खु पठाउनेछ।
सोही दिन काठमाडौँको तीनकुनेमा एमालेनिकट युवा संघको कार्यक्रम रहेकोले दुर्गा प्रसाईंका कार्यकर्ताको लागि कोटेश्वर मुख्य बाटो बन्द गरिएको जिल्ला प्रशासन भक्तपुरले जनाएको छ।