एनएसएलमा काठमाडौँ रेजर्सको विजयी सुरुवात

फाइल तस्बिर
फाइल तस्बिर

आजदेखि सुरु भएकाे दोश्रो ससकरणकाे नेपाल सुपर लिग एनएसएलमा  साविक विजेता काठमाडौँ रेजर्सले  विजयी सुरुवात गरेकाे छ। 

त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा भएकाे खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० ले पराजित गर्दै काठमाडौँले जित हात पार्‍यो। दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजीवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।

लिगमा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।

प्रकाशित मिति: : 2023-11-24 20:33:00

प्रतिकृया दिनुहोस्